प्रधानको संसदीय सुनुवाईको क्रममा संचारकर्मीलाई बाहिर निकालियो
फाइल फाेटाे
काठमाडौँ - प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाईका क्रममा संचारकर्मीलाई बाहिर निकालिएको छ ।
यौन दुर्व्यवहारको आरोप लागेका प्रधानको अहिले सुनुवाई जारी रहेको र संचारकर्मीलाई बाहिर निकालेर प्रधानको सुनुवाई जारी रहेको छ ।
संसदीय सुनुवाईको इतिहासमा नै पहिलो पटक पदाधिकारीको सुनुवाईको क्रममा सञ्चारकर्मीलाई बैठकबाट बाहिर निकालिएको छ ।
प्रधानलाई गत असार २ गते संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया