संसद्

सुनुवाइ समितिद्वारा निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

इकागज |
साउन १४, २०८१ सोमबार १८:४० बजे

काठमाडौँ- संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । प्रस्तावित व्यक्तिले नै निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जबराले जानकारी दिए ।


यसअघि समितिमा प्रधानविरुद्ध निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो । संवैधानिक परिषद्ले असार ५ गते निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस गरी सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो ।


Author

थप समाचार
x