सांसद मोदीको आरोप : भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुने बित्तिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताएका हुन् ।
मोदीले 'भ्रष्टाचारका विभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ कि हुन्न भन्ने हेर्न बाँकी रहेको' उल्लेख गरे ।
उनले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताए । त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए ।
सांसद मोदीले जनताको चाहना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया