संसद्

लेखनाथ दाहाल भने - राष्ट्रपति पौडेलले गैरकानुनी प्रधानमन्त्री नियुक्त गरे, सर्वोच्चले खारेज गर्छ

इकागज |
साउन १५, २०८१ मंगलबार १५:३ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले गैरकानुनी प्रधानमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै दाहालले संविधानको धारा ७६ (२) अन्तर्गत बनेका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा सो नगरी ७६ (२) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेर गैरकानुनी काम गरेको आरोप लगाएका हुन् । 


विगतमा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त नभएपछि ७६ (३) अनुसार सरकार बनेको नजिर रहेको उनले बताए । गैरकानुनी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र सर्वोच्चले गैरकानुनी प्रधानमन्त्री नियुक्तिलाई खारेज गरेर संविधानसंवद् प्रधानमन्त्री नियुक्त हुने उनले अपेक्षा गरे । 


Author

थप समाचार
x