सोविता गौतमको गुनासो : निर्वाचन क्षेत्रमा ममाथि कुनै एक राष्ट्रिय दलका कार्यकर्ताले दुर्व्यवहार गरे
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो निर्वाचन क्षेत्रमा आफूमाथि कुनै एक राष्ट्रिय दलका कार्यकर्ताले दुर्व्यवहार भएको गुनासो गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा गौतमले आफू निर्वाचनमा क्षेत्रमा पहिरोको निरीक्षण गर्न जाँदा एकाएक युवाको एक समूहले घेरेर तथानाम गालीगलौज गर्दै दुर्व्यवहार गरेको र पछि दुर्व्यवहार गर्ने मध्ये केही युवा राष्ट्रिय दलका कार्यकर्ता भएको बुझिएको बताए ।
आफूहरू युवाहरूको कुरा सुन्न तयार भएपनि उनीहरुले कुरा नसुनी एकोहोरो दुर्व्यवहार गरेको उनले बताए । बाटो ढुकेर तर्साउने अमर्यादित हर्कतको जिम्मा सो दलले लिने वा नलिने भन्दै उनले प्रश्न गरे ।
उनले सांसदको सुरक्षा चुनौतीका बारेमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया