संसद्

मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर काम गरिरहेको छ : मन्त्री सुडी

इकागज |
साउन २१, २०८१ सोमबार १९:४३ बजे

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले ऐन कानुनलाई बलियो बनाएर मानव बेचबिखन रोकथाम गर्नका लागि सरकारले काम गरिरहेको बताएका हुन् । उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि मन्त्रिपरिषदमा मस्यौदा लैजाने तयारी भइरहेको बताए ।


उनले हाल उक्त संशोधन विधेयक आवश्यक रायका लागि अर्थमन्त्रालयमा पठाइएको जानकारी दिए । मन्त्री सुडीले लैंगिक हिंसा नियन्त्रण, सामाजिक विकास कार्यक्रम, अपाङ्गता विकास कार्यक्रम, बाल विकास लगायतका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने धारणा राखे ।​

उनले बाल सङ्गठनको विधानको सम्बन्धमा छलफल भइरहेको जानकारी दिए । 


Author

थप समाचार
x