संसद्

न्याय परिषदमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

इकागज |
मंसिर १२, २०७७ शुक्रबार १४:६ बजे

काठमाडौं : संसदीय समितिले न्याय परिषद् सदस्यमा सिफारिस भएका रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिले श्रेष्ठके नाम अनुमोदन गरेको हो ।

सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम अनुमोदन गर्दैगर्दा कुनैपनि समिति सदस्यले फरक मत जाहेर गरेनन् । 
न्याय परिषद्मा श्रेष्ठलाई नेपाल बार एसोसिएसनले सिफारिस गरेको हो। श्रेष्ठ यसअघि पनि न्याय परिषद्‌मा सदस्य भइसकेका छन् । 



Author

थप समाचार
x