संसद्

१८ देशका राजदूतहरूको संसदीय सुनुवाई आजबाट

इकागज |
साउन २९, २०८१ मंगलबार ६:३९ बजे

काठमाडौँ - केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आज देखी सुनुवाई सुरु हुने भएको छ । 

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबार देखि सुरु हुन लागेको हो  । 


संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनका अनुसार सो सुनुवाई प्रक्रिया संघीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० बाट सुनुवाई सुरु हुनेछ । 
 


Author

थप समाचार
x