संसद्

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

इकागज |
साउन ३०, २०८१ बुधबार १८:१० बजे

फाइल फाेटाे

काठमाडौँ - संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । 

बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो ।


बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए । ​

प्रतिनिधिभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रिय सभामा पनि छलफल हुनेछ । शीर्ष दलको कार्यदलले विवादीत विषयमा सहमति गरेपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेको थियो । २०७९ चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो । 


Author

थप समाचार
x