कांग्रेस-एमाले मिलेर अरू पार्टीलाई सिद्धाउने षडयन्त्र गरे : झक्कुप्रसाद सुवेदी
काठमाडौँ- राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस-एमाले मिलेर अरू पार्टीलाई सिद्धाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै सुवेदीले संविधान संशोधनमार्फत १० प्रतिशत थ्रेस होल्ड राखेर अरू पार्टी सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन् । उनले लामो संघर्षपछि मुलुकमा अधिकारप्राप्त संविधान बनेको भन्दै यसलाई मास्ने काम स्वीकार्य नहुने जिकिर गरे । जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका साथै पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन गर्न उनले सुझाव दिए ।
सुवेदीले लामो प्रजातान्त्रिक इतिहास बोकेको पार्टी कांग्रेस नै दुई दलीय प्रणालीमा विश्वास गर्ने अवस्था आउनु उचित नभएको धारणा राखे । दुई दलीय प्रणालीबाट देशलाई कब्जा गर्न खोजे बंगलादेशको जस्तो अवस्था आउन सक्ने उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया