संसद्

राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

इकागज |
भदौ २, २०८१ आइतबार १६:४४ बजे

काठमाडौँ - राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पेस गरेका हुन् । मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा समक्ष प्रस्तुत गरेका हुन्  ।


यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । 


Author

थप समाचार
x