संसद्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
भदौ ११, २०८१ मंगलबार ७:४३ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।


त्यसैगरी प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१'का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने उल्लेख छ ।


Author

थप समाचार
x