संसद्

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
भदौ १२, २०८१ बुधबार ८:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ ।

आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।


त्यस्तै सांसद डा.तोसिमा कार्कीले हैजा माहामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ ।


Author

थप समाचार
x