संसद्

संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच भनाभन

इकागज |
भदौ १२, २०८१ बुधबार १५:० बजे

काठमाडौँ - प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरूबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ । 

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरूले आपत्ति गरेका थिए ।


त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरूबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन​ दिएपनि विवाद बढेको थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद नियम अनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।    


Author

थप समाचार
x