एकछिनको लाभका लागि उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई गगनको सुझाव
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकछिनको लाभको लागि उत्तेजनाको राजनीति नगर्न प्रचण्डलाई सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुनसक्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एकछिनको लाभका लागि उत्तेजनाको राजनीति नगर्न सुझाव दिएका हुन् । उनले एकछिनको लाभको उत्तेजनाले आफैँलाई जलाउन सक्ने उल्लेख गरे ।
प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।
त्यस्तै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा आफूहरूकै कारण छानबिन समिति गठन भएको र प्रमाण पनि दिएको बताए । जसका कारण ९ मिनेटमा स्पष्ट पार्ने दाबी गरेका रवि लामिछानेले छानबिन समितिमा ९ घण्टासम्म बयान दिनुपरेको उनले टिप्पणी गरे । छानबिन समितिप्रति आफूहरूको पूर्ण विश्वास रहेको भन्दै थापाले तथ्य र प्रमाणको आधारमा फैसला आउने दिन कुरेर बसेको जिकिर गरे ।
त्यस्तै थापाले नीतिगत निर्णयका आधारमा भ्रष्टाचारीलाई जोगाउने काम कुनै हालतमा स्वीकार्य नहुने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया