संसद्

सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल

इकागज |
भदौ १४, २०८१ शुक्रबार १०:८ बजे

काठमाडौँ- विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरूसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त)ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो ।

प्रस्तावित कार्यतालिका अनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ । त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने छ ।


राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको छ ।


Author

थप समाचार
x