एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा गम्भीर त्रुटि
काठमाडौँ - संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा आयोगले गम्भीर त्रुटि गरेको भन्दै त्रुटि सच्याउन सरकारलाई निर्देशन दिएको हो ।
परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्ताङ्क अर्कै विद्यार्थीको नाममा आउनेजस्तो गम्भीर त्रुटि आयोगले गरेको पाइएको छ ।
समितिले यसबारे तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया