संसद्

राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन सकिएन - परराष्ट्रमन्त्री राणा

इकागज |
भदौ २४, २०८१ सोमबार १५:२३ बजे

फाइल फाेटाे

काठमाडौँ - परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन नसकेको स्वीकार गरेकी छिन् । 

सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा विविध कारणले केही कमीकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि लाने बताएकी हुन् । 


संविधानमा समानुपातिक समावेशीता विषय उल्लेख गरेपनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउँदा विशेष ध्यान दिनुपर्ने उनले बताइन् । उनले महिला राजदूत तोक्नका लागि पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गरिन् । 

मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिहरूलाई पनि गहन रुपमा सुनुवाइ गरेर मात्रै अनुमोदन गर्न समिति समक्ष आग्रह गरिन् । 

बैठकमा समिति सदस्यहरूले एकैपटक १७ जना राजदूतको सिफारिस हुँदा पनि समावेशी समानुपातिकमा सरकारले ध्यान दिन नसकेको धारणा राखेका थिए । सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको समितिले सुनुवाइ समेत गरेको छ । 


Author

थप समाचार
x