संसद्

वन मन्त्रीको राजीनामा स्वीकृत

इकागज |
भदौ २६, २०८१ बुधबार १४:१८ बजे

तस्विरः फाइल फोटो

लुम्बिनी- लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत भएको छ । बुधबार उनको राजीनामा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका हुन् ।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए ।


मन्त्रीमा नियुक्त भए देखि नै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्  । –रासस

 


Author

थप समाचार
x