संसद्

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

इकागज |
भदौ ३०, २०८१ आइतबार १७:३७ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

सभामुखको सचिवालयका अनुसार बैठक भोलि अपरान्ह १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।


आज १ बजे बस्ने भनिएको बैठक शुरूमा २ बजे र त्यसपछि ३: १५ बजे बस्ने तय गरिएको थियो ।

गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो ।

अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ । 


Author

थप समाचार
x