संसद्

संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
भदौ ३१, २०८१ सोमबार ८:३० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद्‌ सचिवालयका अनुसार दिउँसो १ बजेदेखि बैठक बस्दै छ ।

यसअघि आइतबारको बैठक नेकपा माओवादी केन्द्रले संसद्‌को अवरोध गर्ने अडान नछाडेपछि बस्दै नबसी स्थगित भएको थियो ।


गत बुधबार बसेको बैठक माओवादीले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसद्‌मा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि

माओवादीले त्यसको विरोध गर्दै संसद्‌ अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसद्‌को अवरोध कायम राख्ने बताएको छ ।


Author

थप समाचार
x