संसद्

प्रतिनिधिसभाको चौथो अधिवेशनमा ५६ वटा बैठक

इकागज |
भदौ ३१, २०८१ सोमबार १६:२९ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाको चौथो अधिवेशनमा ५६ वटा बैठक बसेको छ । 

वैशाख २८ गते मंगलबार प्रारम्भ भई भदौ ३१ गते सोमबारसम्म जम्मा १३० दिन चालु रहेको प्रतिनिसधभाको ५६ वटा बैठक बसेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।


यस अधिवेशनमा प्रतिनिधि सभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको थियो जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बताए । 

अधिवेशनमा सांसदहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ५० वटा मौखिक र एउटा लिखित प्रश्नहरू मध्ये ३३ वटा मौखिक प्रश्नहरूको उत्तर प्राप्त भएको उनले बताए । 

चौथो अधिवेशनको यस अवधिमा पूर्व सदस्यहरु सूर्यमान गुरुङ, शैयद मेहराज अहमद र खगेन्द्रराज रेग्मी, रामचन्द्र राय यादव र श्रवणकुमार अग्रवालको निधनमा सभाबाट शोक प्रस्ताव पारित भएको थियो । संसदको चालू अधिवेशन सोमबारबाटै अन्त्य भएको छ । 


Author

थप समाचार
x