संसद्

रवि लामिछानेबारे कुमार रम्तेलले समितिमा के के भने ?

इकागज |
असोज ४, २०८१ शुक्रबार १६:२४ बजे

काठमाडौँ - सहकारी ठगीको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका हुन् ।

समितिमा रम्तेलले भनेका छन्-​ 'सूर्यदर्शनबाट भएको कारोबारबारे मलाई जानकारी भएन तर सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट मेरो नाममा करिब १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरी करिब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करीब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको हो। ऋणी रवि लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् प्रतिनिधि सभाका माननीय सदस्य र करीब किस्ता तिरिएको छविलाल बन्जाडे जोशी पूर्व नायव महानिरीक्षक हुनुहुन्छ भन्नेमा म यकिन छु। सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ ।'


रम्तेलले ग्यालेक्सी टिभीको अहिलेको हालत हुनुमा लामिछाने दोषी भएको बयान दिएका छन् ।

उनले भनेका छन्- 'मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो। मैले चिनेको रबि लामिछाने निज पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन् । मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु । तर निज रवि लामिछानेको ऋण खाता वास्तविक हो वा कृत्रिम हो भन्न सक्दिन ।

निज रवि लामिछाने उँहाको पार्टीको बुटवल-नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिए । ग्यालेक्सी टिभीमा कम्तीमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जिवि राईसँग कुरा भइसकेको छ भन्नु भएको थियो ।' 


Author

थप समाचार
x