संसद्

संविधान संशोधनको पक्ष–विपक्षमा नाराबाजी हुनु दुखद: सभामुख

इकागज |
असोज ६, २०८१ आइतबार १८:१ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरूबीचको असमझदारी उचित नहुने बताएका छन् । 

संविधान दिवसको अवसरमा संविधानसभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनको ९ बर्ष पुरा भएको अवस्थामा यसलाई थप स्थायित्व दिन संशोधन जरुरी रहेको भन्दै यस विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका हुन् । 


उनले सबैको सहमति र सहकार्यका साथै समझदारीका साथ संविधान संशोधनको निकास निकाल्नुपर्ने धारणा राखे । संविधान संशोधनको बिषय सरकारको नभई संसदले प्रक्रिया मिलाएर टुङ्गो लगाउने विषय भएको उनको भनाइ छ । उनले संविधान संशोधनको पक्ष–बिपक्षमा नाराबाजी हुनु दुखद कुरा भएको उल्लेख गरे ।

 सभामुख घिमिरेले संविधान कार्यान्वयनका क्रममा जनताले भोगेका अनुभवलाई लिएर संशोधन गर्नुपर्ने भन्दै यसलाई हार वा जितको बिषय बनाउन नहुने बताए । ​

उनले संविधान कार्यान्वयनका क्रममा पर्याप्त ध्यान दिन नसकेको र पर्याप्त ऐन बनाउन नसकिएको जिकिर गरे । जसका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।

 


Author

थप समाचार
x