संसद्

बागमती प्रदेशसभाले पारित गर्‍यो तीन विधेयक

इकागज |
असोज ७, २०८१ सोमबार २१:३९ बजे

काठमाडौँ- बागमती प्रदेशसभाको बैठकबाट विभिन्न तीन वटा विधेयक पारित भएको छ। प्रदेशसभाको विभिन्न समितिबाट प्रतिवेदन पारित भएर आएको तीनवटा विधेयकलाई आज अपराह्न बसेको दोस्रो बैठकबाट सर्वसम्मतिबाट पारित गरिएको हो।

बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरेको हो।


बैठकमा प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमी तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनी पेश गरेका थिए।

प्रदेशसभाको हिजो असोज ६ गते आइतवार बसेको बैठकमा उक्त विधेयको प्रतिवेदन पेश गरिएको थियो भने सोमबार बैठकले सो प्रतिवेदनमाथि छलफल गरी तीनवटै विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो।

 


Author

थप समाचार
x