संसद्

प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार हुने

इकागज |
असोज १४, २०८१ सोमबार १७:४१ बजे

काठमाडौँ - सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको  संघीय संसद संसदीय सुनुवाइ समितिमा बुधबार संसदीय सुनुवाइ हुने भएको छ ।

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरूसँग मंगलबार छलफल गर्ने र बुधबार सुनुवाइ गर्ने निर्णय गरेको हो । राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । 


गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो । 

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ ।


Author

थप समाचार
x