संसद्

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल

इकागज |
असोज १५, २०८१ मंगलबार १९:२० बजे

फाइल फाेटाे

काठमाडौँ - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिने व्यक्तित्वहरुसँग छलफल गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले उजुरीकर्तालाई बोलाएर उजुरीको विषयमा छलफल गरेको हो । बैठकमा केही उजुरीकर्ता स्वयं उपस्थित भएर उजुरीको औचित्य पुष्टि गर्न खोजेका थिए भने केही उजुरीकर्तासँग समितिले भिडियोमार्फत छलफल गरेको थियो ।


समितिमा राउतविरुद्ध ६ वटा उजुरी परेका थिए । जसमा मूल्यांकन गर्ने क्षमता नभएको, जग्गा प्रकरण झगडिया लगायत रहेका छन् । समितिले बुधबार प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ गर्ने जनाएको छ  ।

भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 


Author

थप समाचार
x