संसद्

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

इकागज |
कात्तिक १२, २०८१ सोमबार ९:३१ बजे

काठमाडौँ- संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कनुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।


समितिको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने एजेण्डा रहेको छ ।


Author

थप समाचार
x