संसद्

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुँदै

इकागज |
कात्तिक १२, २०८१ सोमबार ११:६ बजे

प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिमा आज हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ ।


अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x