संसद्

प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द

इकागज |
कात्तिक १२, २०८१ सोमबार १२:१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको समितिमा जाने कार्यक्रम रद्द भएको जानकारी दिएको छ ।


आज समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको थियो ।

अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कनुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x