संसद्

भ्रष्टाचारजन्य कसुरमा काखापाखा नगरि अनुसन्धान गर्न सांसदहरूको सुझाव

इकागज |
कात्तिक १२, २०८१ सोमबार १७:११ बजे

काठमाडौँ - सांसदहरूले भ्रष्टाचारजन्य कसुरमा काखापाखा नगरि अनुसन्धान गर्न सरकारलाई सुझाव दिएका छन् । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनीहरुले भ्रष्टाचारका सबै प्रकरणमाथि अनुसन्धान हुनुपर्ने र काखापाखा नगरि कारावाहीको प्रक्रिया अघि बढाउन सुझाव दिएका हुन् ।


बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले सरकारको काम कारवाही एक पक्षीय देखिएको बताए । एउटै प्रकरणमा कसैलाई कारवाही गर्ने र कसैलाई उन्मुक्ति दिने काम भएको उनले बताए । 

त्यस्तै सांसद चन्दा कार्की भण्डारीले रवि लामिछाने पक्राउपछि जनताले विरोध गरेको रास्वपाले न्यायपालिका प्रभावित गर्न नखोजेको जिकिर गरिन् । लामिछानेलाई थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने उनले बताइन् ।

त्यस्तै सांसद सरिता प्रसाईंले स्वार्थ बाझिने गरि व्यवसायीहरूबाट उपहार लिने र दिने दुवैलाई कारवाही हुनुपर्ने बताइन् । उनले भ्रष्टाचारजन्य मुद्दामा सबैलाई कानून बराबर हुनुपर्ने उल्लेख गरिन् ।

त्यस्तै सांसद हृदयराम थानीले गिरिबन्धु, क्यानटोन्मेट, ललिता निवास, वाइडवडी, यति, ओम्नीको अनुसन्धानको जवाफ सरकारले दिन सक्नुपर्ने बताए । 

त्यस्तै अन्य केही सांसदहरूले समेत अनुसन्धानका नाममा सरकारले विभेद गर्ने गरेको र विभिन्न भ्रष्टाचारजन्य प्रकरणको फाइल टुङ्गोमा पुग्नेमा आशंका व्यक्त गरेका थिए । 


Author

थप समाचार
x