उपप्रधानमन्त्रीलाई सांसदले सुनाए 'छेपारोको कथा'
काठमाडौँ : राष्ट्रिय सभा आठौँ अधिवेशनको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनी विपत्तिलगायतका विषयमा सरकारको धारणा व्यक्त गरेका छन् । आइतबार सदनमा उनले सरकार गम्भीर ढंगले काममा लागेकोसमेत प्रष्ट पारे ।
पौडेलको सम्बोधनपछि राष्ट्रिय सभाका सांसदहरूले प्रश्न गरे । मनसुनी विपद्मा सरकारले नागरिकका लागि केही गर्न नसकेको केही सांसदले बताएका छन् । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सरकारबाट जनताको जिउ धनको रक्षा हुन नसकेकोसमेत प्रष्ट पारे। उनले मनसुनी विपत्तिमा सरकारको तयार छेपारोको कथाजस्तो भएको बताए ।
‘बाढी पहिरो डुबानजस्ता घटनामा सरकारको तयारी छेपारोको कथाजस्तो भयो । छेपारोले रात परेपछि भोलि घर बनाउँछु भन्छ उज्यालो भएपछि यो कुरा बिर्सन्छ । फेरि रात परेर चिसो भएपछि फेरि भोलि घर बनाउँछु भन्छ’, सांसद पन्थको प्रश्न छ,‘के सरकारको तयारी यस्तै हो । जनताको जिउ धनको रक्षा गर्नु पर्दैन ? राहत र उद्धारमा किन राजनीति भयो ? किन ढिला भयो ।’
सरकारले मनसुजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजारका दरले उपलब्ध गराउने गरि प्रक्रियाअघि बढाएको छ । राष्ट्रिय सभाको आईतबारको बैठकमा जानकारी दिँदै मन्त्री पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रियाअघि बढाइएको बताएका छन् ।
यस वर्षको मनसुन सुरु यता मुलुकका विभिन्न स्थानमा मनसुनजन्य विपद्का कारण पुगेको क्षतिबार सभालाई जानकारी गराउदै सरकारले तत्काल उद्धार, राहत र पुर्नस्थापनाका लागि सरोकारवालाहरुसंग समन्वयन गरि आवश्यक निर्देशन गरेको पनि बताए । यस वर्षको मनसुन विपद्का कारण क्षति भएका सम्पुर्ण निजी आवासहरुका समेत विपद् प्रभावित नीजि आवास पुर्ननिर्माण तथा पुनस्थापना अनुदान कार्यविधि २०७७ बमोजिम पुर्ननिर्माण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
उनले भने,’यसबर्षको मनसुनजन्य विपद्बाट २०७८ असार १६ गते सम्म विभिन्न जिल्लामा आंशिक तथा पुर्ण क्षति भएका ५ सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’
सबै प्रदेशमा बाढी तथा पहिरोको लागत संकलन गर्ने कार्य जारी रहेको तथा घरबास गुमाएका परिवारलाई उपलब्ध गराउने सहयोगलाई पनि सरकारले निरन्तरता दिने मन्त्री पौडेलले बताए । उनले गत बर्षको मनुसनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९ सय ४९ परिवारहरुलाई पहिलो किस्ता वापतप्रति परिवार ५० हजार रुपैयाका दरले १९ करोड ९७ लाख अनुदान प्रदान गरि पुर्ननिर्माणको काम सुरु गरिएको पनि उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया