संसद्

संघीय संसदका २ वटा समितिको बैठक बस्दैँ

इकागज |
पुस १, २०८१ सोमबार ७:२ बजे

संघीय संसदका दुइवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित बिधायन समितिको बैठक बस्न लागेको हो ।

बिधायन समितिमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।


उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ । सो बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।


Author

थप समाचार
x