नेताहरूलाई संकेत गर्दै कोमल वलीले सुनाइन् बाँदरको कविता (कवितासहित)
काठमाडौँ : सांसद कोमल वलीले राष्ट्रिय सभामा बाँदरको कविता सुनाएकी छन् । सोमबार बसेको बैठकमा सांसद ओलीले नेताहरूलाई संकेत गर्दै बाँदरको कविता सुनाएको हुन् ।
कविता सुनाउनुअघि वलीले नेपालका नेताहरूको प्रवृतिमाथि आलोचनात्मक टिप्पणी गरेकी थिइन् । कविता भन्नुअघि उनले भनिन्,'पछिल्ला घटनलाई हेरेर मैले कविता लेखेकी छु, कविताको शिर्षक छ- बाँदरको जमात र अमृतपानको सपना ।'
वलीले सुनाएको कविता यस्तो छ :
बाँदरहरूको आफ्नो देश हुँदैन
बाँदरहरूको निश्चित भेस हुँदैन
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थाइ परिवेश हुँदैन
कहिले मिलेका छन् कहिले फुटेका छन्
इर्श्याको भट्टीमा आफैलाई भुटेका छन्
आँखाभरी लोभपापको लालसा बोकेर
आजकाल बेवारिसे बाँदरहरू विनाशको मेलाका जुटेका छन्
अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए सुन्दर घरवास बन्न सक्थे
आखिर बाँदर न हुन् भोलिको प्रतिक्षा कहाँ गर्छन्
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको
बाँदरहरू खेती गर्दैनन् बाली विनाश गर्छन्
कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोलानहरूसँग मिल्छन्
कर्मको कुटो नलगाउने यी बाँदरहरू अमृतपान गर्ने सपना देख्छन्
बाँदरहरूको आफ्नो देश हुँदैन
बाँदरहरूको निश्चित भेस हुँदैन
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थाइ परिवेश हुँदैन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया