संसद्

संघीय संसद्‌का चार वटा समितिको बैठक बस्दै

इकागज |
पुस ४, २०८१ बिहीबार ६:३८ बजे

काठमाडौँ- संघीय संसदका चार वटा समितिको बैठक बस्दैछ ।

संघीय संसद्‌ सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयका बैठक कक्षमा बस्नेछ । 


जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिइडीएडब्लुको आधारभूत सिफारिस नं ३९ सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११:०० बजे बस्नेछ ।

उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा संकल्प प्रस्ताव कायान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने जनाइएको छ । जसका लागि ११:३० बजे बैठक बोलाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । दुवै समितिको बैठक क्रमशः १:०० र ११:३० मा बोलाइएको संसद्‌ सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x