सरकारी वेबसाइटमा पुरानै नक्सा, राष्ट्रिय सभामा उठ्यो प्रश्न
काठमाडौँ : राष्ट्रिय सभाका सांसद डा.खिमलाल देवकोटाले सरकारका धेरै वेबभसाइटहरुमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गरेका छन् । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औल्याएका हुन् ।
उनले शपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताए । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर शपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले शपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरित काम गरेको टिप्पणी देवकोटाले गरे । उनले राष्ट्रपतिको यो कदमले संविधानको संरक्षण र सम्वद्र्धन हुन नसक्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया