संसद्

विचार स्वतन्त्रतालाई बन्देज लगाउने कार्यका विरुद्ध लड्नुपर्छ : सभामुख घिमिरे

इकागज |
पुस ९, २०८१ मंगलबार १५:२४ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विचार स्वतन्त्रतालाई बन्देज लगाउने कार्यका विरुद्ध लड्नुपर्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण समारोहमा सभामुख घिमिरेले विचार मिले स्वतन्त्रताका कुरा निकाल्ने र असहमति भए बिचारलाई नै बन्देज लगाउने कार्य विरुद्ध लड्नुपर्ने बताए । 


उनले लोकतन्त्रको सुन्दर पक्ष नै बिचार अभिव्यक्तिको स्वतन्त्रता भएको जिकिर गरे । सभामुख घिमिरेले पेशागत हकहितको संरक्षणका साथै आफ्नो मूल्य मान्यताका साथ अघि बढ्न महासंघलाई सुझाव दिए । 

संस्थाको नेतृत्वमा भइरहेको गतिविधिमा आफू सकारात्मक रहेको भन्दै उनले अब आउन सक्ने चुनौतीलाई पनि महासंघको नेतृत्वले सहि ढंगले सामना गर्ने विश्वास व्यक्त गरे । 

त्यस्तै महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले श्रमजिवि पत्रकारको मुद्दामा महासंघ सदैव लड्ने बताए ।  विभिन्न आस्थाका आधारमा महासंघको चुनावमा प्रतिष्पर्धा गरेपनि महासंघमा आएपछि सवैलाई एकतावद्ध भएर अघि बढाउने उनको भनाइ छ । 

कार्यक्रममा महासंघका नवनिर्वाचित केन्द्रीय कार्य समिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने नवनिर्वाचित अध्यक्ष शर्माले पदभार ग्रहण गरेका थिए । 


Author

थप समाचार
x