संसद्

संसद्‌का चार समितिको बैठक बस्दै

इकागज |
पुस ११, २०८१ बिहीबार ६:३५ बजे

काठमाडौँ- संघीय संसद्‌का चार वटा समितिका बैठक बस्दैछ ।

संघीय संसद्‌ सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारमा बस्नेछ । 


जसअनुसार अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुने सचिवालयले जनाएको छ । सो बैठक बिहान ११:०० बजे बोलाइएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको समितिको बैठक भने दिउँसो १:०० बजे बोलाइएको छ । जुन बैठकमा ​सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य र प्रमुख सचेतक, सचेतकहरू छलफल गरिनेछ ।

उता पूर्वाधार विकास समितिको बैठकमा पुरानै अजेन्डा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ, जुन बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुरानै बिषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सबन्धि छलफलले निरन्तरता पाउनेछ । जुन बैठक दिउँसो १:०० बजे बोलाइएको संसद्‌ सचिवालयले जनाएको छ ।
 


Author

थप समाचार
x