संसद्का दुई समितिको बैठक बस्दै
फाइल फोटो
काठमाडौँ- संघीय संसद्का दुई वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद् भवन सिंहदरवार परिसरमा उक्त बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक दिउँसो १२:१५ बजेबाट सुरू हुनेछ ।
उता, पूर्वाधार विकास समितिको बैठकमा पनि पुरानै एजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफल बिहान ११:०० बजेबाट सुरू हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया