संसदका दुई समितिको बैठक बस्दै
काठमाडौँ- संघीय संसद् अन्तरगतका दुई समितिको बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पुग्ने सो बैठक बिहान ११:०० बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:०० बजे बोलाइएको छ ।
सो बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया