दुई संसदीय समितिको बैठक बस्दै
फाइल तस्बिर ।
काठमाडौँ- संघीय संसद्का दुई समितिको बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११:०० बजे बोलाइएको छ । सो बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिनेछ ।
उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिशा वारेमा छलफल गरिनेछ । सो बैठक बिहान ११:३० बजेबाट सुरू हुने समितिले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया