कोशी प्रदेशसभा बैठक बस्दै
फाइल फोटो
विराटनगर- कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन् ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । –
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया