संसद्

चार संसदीय समितिको बैठक बस्दै

इकागज |
माघ ९, २०८१ बुधबार ७:१४ बजे

काठमाडौँ- संघीय संसदका चारवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन । 

जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११:०० बजे बोलाइएको छ । जुन बैठकमा नेपालमा हिउँदको समयमा  हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिने भएको छ ।


पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल गरिने समितिले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

उता सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११:०० बजे बोलाइएको छ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिने भएको छ । जुन बैठक बिहान ११:३० बजेबाट सुरू हुनेछ ।


Author

थप समाचार
x