न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाई माघ २० मा गर्ने

फाइल फाेटाे
काठमाडौं - संसदीय सुनुवाइ समितिले माघ २० गते न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाई गर्ने भएको छ ।
सिंहदरवारमा सोमबार बसेको समिति बैठकमा न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाई गर्ने सन्दर्भमा समिति सचिवालयले तयार पारेको कार्यतालिका परिमार्जन सहित पारित गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिइन् ।
कार्यतालिका अनुसार माघ २० गते बस्ने समितिको बैठकले खड्काको संसदीय सुनुवाई गर्ने बताइन् । खड्का विरुद्ध कुनै सूचना वा उजुरी भएमा जानकारी गराउन दिएको समयमा कुनै उजुरी प्राप्त नभएको समिति सभापति न्यौपानले बताइन् ।
पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया