संसद्

विशेष समयमा बोल्न नाम लेखाएका राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ

इकागज |
माघ २०, २०८१ आइतबार १५:३६ बजे

काठमाडौं - राष्ट्रियसभा बैठक चलिरहँदा राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ भएका छन् । 

आइतबार राष्ट्रियसभाको शून्य समय चलिरहँदा भट्टलाई स्वास्थ्य समस्या भएको हो । शून्य समयमा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले धारणा राखिरहँदा भट्टलाई स्वास्थ्य समस्या देखिएपछि अन्य संसदहरूले उनलाई संसद भवनभित्र रहेको स्वास्थ्य केन्द्रमा पुर्याएका थिए ।


रक्तचाप र सुगरका बिरामी भट्टलाई चक्कर लागेपछि सांसद भवनभित्रै उपचार गरिएको छ । बैठकको विशेष समयमा बोल्नका लागि नाम टिपाएका भट्ट अस्वस्थ भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्बन्धित दलबाट विष्णु कुमारी सापकोटालाई बोल्नका लागि समय उपलब्ध गराएका थिए । 


Author

थप समाचार
x