संसद्

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

इकागज |
माघ २०, २०८१ आइतबार १६:२८ बजे

काठमाडौं - राष्ट्रियसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन् । राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो ।


उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेको थियो । सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरूबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराए । 

समितिले यही माघ १५ गते सो विधेयक समितिबाट पारित गरेको थियो । राष्ट्रियसभा अर्को बैठक यही माघ २४ गते बिहीबार १:१५ बस्नेछ ।
 


Author

थप समाचार
x