संसद्

तीन संसदीय समितिको बैठक बस्दै

इकागज |
माघ २२, २०८१ मंगलबार ६:५१ बजे

काठमाडौँ- संघीय संसदका तीन समितिको बैठक बस्दैछ । 

संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 


जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १:०० बजेबाट सुरू हुनेछ । 

उता विधायन व्यवस्थापन समितिको बैठक अपरान्ह १२:३० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरुसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११:०० बजे बस्नेछ ।

 


Author

थप समाचार
x