संसद्

अन्तरजातीय विवाह गर्दा राज्यले ज्यादतीपूर्ण काम गरेको भन्दै सांसदहरूले गरे सरकारको ध्यानाकर्षण

इकागज |
माघ २४, २०८१ बिहीबार १४:४६ बजे

फाइल फाेटाे

काठमाडौं - अन्तरजातीय विवाह गर्दा राज्यले ज्यादतीपूर्ण काम गरेको भन्दै संसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको आकस्मिक समयमा उनीहरूले अन्तरजातीय विवाह गरेका सर्लाहीको बरहथवाका सत्यन्द्र कुमार राम चमार र सोही नगरपालिकाकी नेहा रौनियारमाथि सरकारले घोर अन्याय गरेको भन्दै संसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।


बैठकमा कांग्रेसकी सांसद शान्ति विकले उक्त घटनामा राज्यशक्तिको दुरुपयोग भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरिन् । दलित समूदायले सधै भेदभाव र अत्याचार सहनुपरेको भन्दै राज्यले ध्यान दिनुपर्ने उनले बताइन् । उनले अन्तरजातीय विवाह गर्ने जोडीको जीवनको सुरक्षाको माग गरिन् । 

त्यस्तै एमाले सांसद हर्कमाया विकले अन्तरजातीय विवाह गर्दा राज्यबाट ज्यादती भएको भन्दै भर्त्सना गरिन् । उनले यस घटनाले जातीय बिभेदमात्रै नभइ संलग्नलाई राज्य नै संरक्षण गर्दै पीडितलाई अन्याय गरेको जिकिर गरिन् । 

त्यस्तै, माओवादी सांसद रणेन्द्र बरालीले गृहमन्त्रीकै आदेशमा प्रहरीले अन्तरजातीय विवाह गरेको जोडीमाथि ज्यादति गरेको आरोप लगाए । अदालतमा विवाह दर्ता भइसकेको अवस्थामा बाल विवाहजस्ता झुठा मुद्दा लगाइएको उनले बताए । 

त्यस्तै अन्य संसदहरूले समेत अन्तरजातीय विवाह गर्दा ज्यादतीपूर्ण काम गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । 


Author

थप समाचार
x