संसद्

दुई संसदीय समितिको बैठक बस्दै

इकागज |
माघ २५, २०८१ शुक्रबार ७:१७ बजे

काठमाडौँ- संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार ती दुबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।


जसअनुसार पूर्वाधार विकास समिति बैठक बिहान ९:०० बजेबाट सुरू हुँदैछ । जुन बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ । जुन बैठक बिहान ८:०० बजे बोलाइएको छ ।


Author

थप समाचार
x