संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुट्यो
![](https://ekagajcdn.prixacdn.net/media/albums/rajya_byabastha_samiti_qjQjIJy26n.png)
फाइल फाेटाे
काठमाडौं - प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको छ ।
सिंहदरबारमा बिहीबार बसेको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको हो । जस अनुसार निजामती कर्मचारी सेवामा चौधौं तह रहने भएको छ ।
त्यस्तै बैठकमा दफा ७ मा रहेको कार्यविवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा संसदहरूले कुनै स्थानमा सरुवा हुनेबितिकै कार्यमूल्यांकन गर्न उचित नहुने धारणा राखेका थिए ।
सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्यांकन गर्दा कार्यप्रकृति बुझेर काम सुरु गरेपनि मात्रै गर्नुपर्ने धारणा राखे ।
त्यस्तै सांसद हितराज पाण्डले कार्यसम्पादन मूल्यांकन गर्दा दुई वर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए ।
उक्त विधेयकमाथि निरन्तर छलफल गर्ने र छिटो निष्कर्षमा पुराउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले समितिमा परेको उजुरीहरू अध्ययन गर्नका लागि सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको बताए ।
यसअघि गत पुष २२ गते बसेको समिति बैठकले उजुरीका सम्बन्धमा अध्ययन गरि टुङ्गोमा पुर्याउन उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया